असार ८, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देशमा ठुलो संकट नआउने बताएका छन् । संविधानलाई दुर्घटना हुनबाट बचाउन सबै अस्त्र प्रयोग गरिने उनले बताए ।
पछिल्लो राजनीतिक घटनाक्रमले संविधान धरासायी हुने होकी भन्ने आशंका पैदा गरेको उनले बताए । झण्डै दुई तिहाइ बहुमतको नेपाल कम्युनिष्ट पार्टी छिन्नभिन्न हुँदा आफूलाई दुःख लागेको उनले बताए । प्रचण्ड हिजो चितवन पुगेका थिए ।