संवैधानिक परिषद्को मुद्दाको पेशी १८ गते हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र ११, शुक्रबार (३ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

भदौ ११, काठमाडौं। संवैधानिक परिषद्सम्बन्धी विवादको मुद्दा भदौ १८ गतेका लागि पेशी तोकिने भएको छ । सर्वोच्च अदालतले उक्त मुद्दा आगामी साता सुनुवाइ हुने गरी निवेदक कानून व्यवसायीहरुलाई जानकारी गराएको छ ।

सुनुवाइमा सहजताको लागि भन्दै त्यो दिन प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा भने बिदामा बस्ने भएका छन् । उनको अनुपस्थितिमा वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले कायममुकायम प्रधानन्यायाधीशका हैसियतले संवैधानिक इजलासको नेतृत्व गरी अन्य ४ न्यायाधीश तोक्नेछन् । त्यो दिन मुद्दाको प्रारम्भिक सुनुवाइ हुनेछ ।

यो मुद्दामा अन्तिम सुनवाइका बेला पनि प्रधानन्यायाधीश जबरा बिदामा बस्नेछन् । बीचको अवधिमा भने नियमित रुपमा काम गर्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस