माओवादी नेता पुनको स्वास्थ्यमा सुधार

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ आश्विन १७, आईतबार (३ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असोज १७, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थ एवं ऊर्जामन्त्री वर्षमान पुन (अनन्त)को स्वास्थ्यमा सुधार आएको छ ।

पुन थाइल्याण्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत छन् । चिकित्सकका अनुसार पुनको शरीरमा रहेको अत्यधिक जण्डिसको मात्रा अहिले केही घटेको छ ।

स्वस्थ मानिसको रगतमा हुने बिलुरुविन नामक तत्वको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने गर्छ । तर, पुनको रगतमा बिलुरुविनको मात्रा अनियन्त्रित रुपमा बढेर ३४ पुगेपछि चिकित्सकहरुले बैंकक गएर उपचार गर्न सुझाव दिएका थिए ।

‘अहिले बिलुरुविनको मात्रा घटेर २७ मा आएको छ’, उपचारमा संलग्न डा. नाथाभुत सिरिमोन्तापोनको भनाइ उद्धृत गर्दै पुनकी पत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीले भनिन् ।

यद्यपि बान्ता भने नरोकिएको जानकारी उनले दिइन् । खाना खान मन नलाग्ने समस्याका कारण पुनलाई स्लाइनको माध्यमबाट खानेकुरा दिइएको छ ।

चार वर्षअघि पनि नेपालका विभिन्न अस्पताल र भारतको मेदान्त सिटी अस्पतालमा उपचार सम्भव नभएपछि अत्यन्त जटिल अवस्थामा पुनलाई एयर एम्बुलेन्समार्फत बैंकक लगिएको थियो । पुन जन्मजात जण्डिससम्बन्धी समस्याबाट पीडित छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस