एमालेमा १५ केन्द्रीय पदाधिकारी रहने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ आश्विन १७, आईतबार (३ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज १७, काठमाडौं । नेकपा एमालेले १५ सदस्यीय केन्द्रीय पदाधिकारीको व्यवस्था गर्ने भएको छ । आइतबार विधान संशोधनमाथि उठेका प्रश्नको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले १५ सदस्यीय पदाधिकारीको परिमार्जित प्रस्ताव अघि सारेका हुन् ।

त्यसमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्षसहित उपाध्यक्षको संख्या ५, महासचिव १, उपमहासचिव १ र सचिव ७ गरी परिमार्जित प्रस्ताव अघि सार्दै यो प्रस्ताव अनुमोदन हुने विश्वास पौडेलले लिए ।

त्यस्तै उनले आयोगको सदस्य पनि १५ सदस्यीय हुने जानकारी दिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस