असोज १८, काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र अध्यादेश खारेज सम्बन्धि पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट महालेख परिक्षकको ५८ औं वार्षिक प्रतिवेदन २०७८ पेश गर्ने पनि कार्यसूची छ । यस्तै विधायन ब्यवस्थापन समितिका सभापति परशुरमा मेघी गुरुङले अध्यामगन विधेयक २०७६ सम्बन्धि समितिको प्रतिवेदन पेश गर्नेछन् ।
कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फौजदारी कसुर तथा फौजदारी कार्यविधी सम्बन्धी ऐन संशोधन गर्ने विधेयक २०७८ र यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधान गर्ने विधेयक २०७८ पेश गर्ने संम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री देउवाका तर्फबाट खाद्य स्वाच्छता तथा गुणस्तर विधेयक, सार्वजानिक सेवा प्रसारण, अभिलेख संरक्षण पहिलो संशोधन विधेयक र सुरक्षण मुद्रण सम्बन्धि विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।
राष्ट्रियसभाको हिजोको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो । संघीय संसदका दुवै सदनको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले विरोध गर्दै आएको छ ।