प्रतिपक्षको विरोधका बीच राष्ट्रिय सभाले अघि बढायो ४ वटा विधेयक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन १८, सोमबार (३ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

असोज १८, काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमालेका सांसदहरुको विरोधका बीच चारवटा विधेयकहरु अगाडि बढाइएको छ ।

राष्ट्रिय सभा बैठकले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अखिलेख संरक्षण पहिलो संशोधन विधेयक र सुरक्षण मुद्रण सम्बन्धी विधेयक अघि बढाइएको हो ।

एमाले सांसदहरु विरोध जनाएर उभिरहेको बेला प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले यी विधेयकहरु पेश गरेका थिए । यी चारवटै विधेयकहरु दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

मन्त्री कार्कीले नै महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदन २०७८ पनि राष्ट्रिय सभामा पेश गरेका छन् ।

राष्ट्रिय सभाको बैठक असोज २४ गते दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस