एमालेले बोलायो पार्टीको स्थायी कमिटी बैठक

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ कार्तिक ३, बुधबार (३ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कार्तिक ०३, काठमाडौं । नेकपा एमालेले पार्टीको स्थायी कमिटी बैठक बोलाएको छ । पार्टीको विभिन्न विषयमा छलफल गर्नका लागि स्थायी कमिटीको बैठक बोलाइएको हो ।

बिहीबार दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी बैठक बोलाइएको नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीका स्थानीय अधिवेशन, पालिका अधिवेशन लगायतका विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।

स्थायी कमिटीको बैठकमा असोज १५ देखि १७ गतेसम्म आयोजना भएको पार्टीको विधान महाधिवेशनको समेत समीक्षा हुने कार्यतालिका छ ।

विधान महाधिवेशन सकिएपछि पार्टीको कुनै तहको बैठक बसेको थिएन । त्यस्तै स्थायी कमिटी बैठकमा आसन्न राष्ट्रिय महाधिवेशनका विषयमा पनि आवश्यक छलफल हुने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस