एमाले स्थायी कमिटी बैठक भोली बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक ३, बुधबार (३ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कात्तिक ३,काठमाडौं । बिहीबार प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी कमिटीको बैठक बस्ने भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बस्ने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकमा विधान महाधिवेशनको समीक्षा, कार्तिक ६ गते हुने वडा अधिवेशन, कार्तिक ९ गते हुने पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशन र हालै अविरल वर्षाका कारण भएको जनधनको क्षतिका सम्बन्धमा छलफल हुने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस