वाग्मतीमा नयाँ सरकार बनाउन गठबन्धनको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक ४, बिहिबार (३ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

कार्तिक ०४, काठमाडौं । वाग्मती प्रदेशमा नयाँ सरकार गठनका विषयमा छलफल गर्न आज बिहान गठबन्धनको बैठक बस्ने भएको छ ।

आज अपराह्न वाग्मती प्रदेशसभाको बैठक आह्वान गरिएको छ । उक्त बैठक अगाडि नै नयाँ सरकार गठनका विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको हो ।

कांग्रेस प्रदेश संसदीय दलका एक नेताकाअनुसार बिहानको बैठकले प्रदेशको नेतृत्व र मन्त्रालय बाँडफाँडको टुङ्गो लगाउनेछ । वाग्मती प्रदेशसभा बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस