प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त, आजै शपथ लिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक १६, मंगलबार (३ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कात्तिक १६, विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेका हुन् ।

भीम आचार्यले सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि सोमबार प्रदेश प्रमुख प्यासीले अर्को सरकारका लागि मंगलबार दिउँसो १ बजेसम्म दावी पेश गर्न आह्वान गरेका थिए ।

नेकपा एकीकृत समाजवादीका नेता राईले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका गरी ४९ सांसदको हस्ताक्षरसहित बहुमतको मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए ।

मुख्यमन्त्री राईले मंगलबार नै पद तथा गोपनीयताको शपथ लिनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस