शेखर समूहको बैठक आज बस्दै, विश्वप्रकाश र प्रदीपलाई पनि बोलावट

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन २, मंगलबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असोज २, काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज बस्दै छ । बैठक शेखरको सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजे बस्ने भएको छ ।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई पनि बोलाइएको छ । उनीहरूलाई समूहको बैठकमा पहिलो पटक बोलाइएको एक नेताले जानकारी दिए । ‘सिटौला छाडेपछि प्रदीप हामीतिरै छन् । विश्वजीलाई पनि बोलाएका छौँ’, उनले भने, ‘उहाँहरू हामीसँग हुनुहुन्छ भन्ने पटक पटकको सहकार्यले देखाइसकेको छ । बोलाएका छौँ, आउँछौँ भन्नु भएको छ ।’

पार्टीको १४औँ महाधिवेशनमा शर्मा प्रकाशमान सिंहको टिमबाट महामन्त्री लडेका थिए । पौडेल देउवा टिमबाट महामन्त्री लडेर पराजित भएका थिए । बैठकमा असोज ४ गतेबाट बस्ने केन्द्रीय समिति बैठक, समूहको गतिविधि, रूपान्तरण अभियानलगायत विषयमा छलफल हुने नेताहरू बताउँछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस