‘सरकार शैक्षिक क्षेत्रको विकासमा संवेदनशील छैन’ : योगेश भट्टराई

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन ६, शनिबार (१ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

असोज ६, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले सरकार मुलुकको शैक्षिक क्षेत्रको विकासमा संवेदनशील नभएको बताएका छन् ।

मुलुकको समग्र आर्थिक समृद्धि र विकासको पहिलो जग शिक्षा भएपनि सरकार त्यस क्षेत्रको विकासका लागि लगानी बढाउन तयार नभएको उनको भनाई थियो । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सचिव भट्टराईले मुलुकलाई सवल राष्ट्रमा परिणत गर्न पनि सरकारले शिक्षामा लगानी बढाउनुपर्ने आवश्यक्ता औंल्याएका थिए ।

उनले शिक्षामा लगानी गर्ने कुरा बार्षिक रुपमा घट्दै जानु बिडम्वनाको विषयमा भएको समेत स्पष्ट पार्नुभयो ।सचिव भट्टराईले गुणस्तरीय शिक्षाका लागि राष्ट्रिय बहसको सुभारम्भ गर्न पनि सरकारलाई सचेत गराए ।

ताजा अपडेट

खोजी गर्नुहोस