इलामको उपनिर्वाचनमा उम्मेदवारी दिने रास्वपाको निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २८, सोमबार (१ साल अघि)
  • ३० पटक पढिएको
इलामको उपनिर्वाचनमा उम्मेदवारी दिने रास्वपाको निर्णय

फागुन २८, काठमाडौँ । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले इलाम– २ को उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । सोमबार पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले आगामी वैशाख १५ मा हुने इलाम–२ को उपनिर्वाचन उम्मेदवारी दिने निर्णय गरेको हो ।

बझाङको प्रदेशसभा १ मा हुने उपनिर्वाचनमा भने रास्वपाले भाग नलिने निर्णय गरेको छ । एमालेबाट इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुवासचन्द्र नेम्वाङको भदौ २५ गते निधन भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस