देशभरका प्रहरीलाई गृहमन्त्रीको अपिल-‘अपराधीलाई कारबाही गर्न मेरो आदेश कुर्नु पर्दैन’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २९, मंगलबार (१ साल अघि)
  • २९ पटक पढिएको
देशभरका प्रहरीलाई गृहमन्त्रीको अपिल-‘अपराधीलाई कारबाही गर्न मेरो आदेश कुर्नु पर्दैन’

|नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बुधबार पदभार ग्रहणपछि मन्त्रालय मातहत निकायका कर्मचारीहरुलाई निर्देशन दिँदै । तस्बिर : विमलबहादुर बिष्ट / रासस

फागुन २९, काठमाण्डौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गैरकानुनी काम अर्थात् अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्न आफ्नो आदेश कुरेर नबस्न देशभरका प्रहरीलाई अपिल गरेका छन् । गृहमन्त्री लामिछानेले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् देशभरका सम्पूर्ण राष्ट्रसेवक प्रहरीलाई अपिल गर्दै अपराधमा संलग्नलाई कारबाही गर्न आफ्नो आदेश कुरेर नबस्न अपिल गरेका हुन् ।

उनले कानूनी राज्य के हो दखाइदिन समेत आग्रह गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस