फागुन २९,काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् । कांग्रेसबाट अध्यक्ष पदका अर्का उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । शर्मालाई जम्मा १७ मत प्राप्त भएको छ ।
बैठकमा पेस भएका दुवै प्रस्तावलाई राष्ट्रियसभाको अध्यक्षता ग्रहण गरेकी उपाध्यक्ष उर्मिला अर्यालले निर्णयार्थ प्रस्तुत गर्दा दाहालका पक्षमा बढी मत परेकाले उनलाई निर्वाचित भएको घोषणा गरिन् ।