फागुन ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री भएको १४ महिनाको अबधिमा दाहालले तेश्रो पटक विश्वासको मत लिन लागेका हुन् ।
२०७९ पुस १० मा एमालेको समर्थन तेस्रो पटक प्रधानमन्त्री बनेका दाहालले पहिलो पटक पुष २६ गते संसदमा विश्वासको मत लिएका थिए । यही कार्यकालका दोस्रो पटक चैत्र ६ गते विश्वासको मत लिएका थिए भने एउटै कार्याकालमा अहिले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।
नेकपा एमाले, रास्वपा, राप्रपालगायतका दलहरुको समर्थनमा २०७९ साल पुस १० गते दाहाल तेस्रो पटक प्रधानमन्त्री बनेका थिए। प्रधानमन्त्री दाहालले पुस २६ गते पहिलो पटक विश्वासको मत लिएका थिए ।
पहिलो पटक विश्वासको मत लिँदा नेपाली कांग्रेससहितको समर्थनमा उनले २ सय ६८ मत पाएका थिए जुन ९८ प्रतिशत भन्दा बढी हो। संघीय संसदमा सांसदहरुको २ सय ७५ रहेको छ ।
प्रधानमन्त्री दाहालले एमालेसँगको गठबन्धन छोडेर नेपाली कांग्रेससँग नयाँ गठबन्धन बनाएपछि एमालेले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको थियो। त्यसपछि दाहालले पुनस् दोश्रो पटक चैत्र ६ गते विश्वासको मत लिए । यसपटक उनले १ सय ७२ मत प्राप्त गरेका थिए ।
यही फागुन २१ गते कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसहित रास्वपा, नेकपा एकिकृत समाजवादी, जसपा लगायतको नयाँ गठबन्धन बनेपछि यही कार्यकालमा दाहालले विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो ।