नेपाली कांग्रेसमाथि ओली आक्रमक : ‘कांग्रेसले इमानका कुरा गर्नु बेकार हो’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ३०, बुधबार (१ साल अघि)
  • २६ पटक पढिएको
नेपाली कांग्रेसमाथि ओली आक्रमक : ‘कांग्रेसले इमानका कुरा गर्नु बेकार हो’

फागुन ३०, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसमाथि आक्रमक रुपमा प्रस्तुत भएका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसले बारम्बार बेइमान गरेको बताएका हुन् । ओलीले कांग्रेसले इमानका कुरा गर्नु बेकार हुने बताउँदै कांग्रेसले इमानको कुरा गर्दा आफूलाई अचम्म लाग्ने गरेको उनको भनाइ छ ।

अहिलेको परिस्थिति एमालेको कारण बनेको नभई अघिल्लो गठबन्धनकै कारण बनेको उनले बताए । पोहोर दुई महिनामा नै सरकार परिवर्तन गर्दा अस्थिरता भएको नदेख्ने कांग्रेसलाई एक वर्षपछि कसरी अस्थिरता भयो ? भन्ने प्रश्न गर्नुभयो । देशमा विभिन्न खालका विद्वेष र घृणा फैलाउने काम भइरहेका भन्दै उनले चिन्ता व्यक्त गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस