राप्रपा सत्ता केन्द्रित चलखेलमा सहभागी हुँदैन : राजेन्द्र लिङदेन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ३०, बुधबार (१ साल अघि)
  • २१ पटक पढिएको
राप्रपा सत्ता केन्द्रित चलखेलमा सहभागी हुँदैन : राजेन्द्र लिङदेन

फागुन ३०, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सहभागी नहुने स्पष्ट पारेका छन् ।

स्वार्थहरूको गठजोडबाट बनेको सत्तारूढ गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि आफ्नो पार्टीले विश्वासको मत दिन नसक्ने उनको भनाइ थियो ।

बुधवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वास मत सम्बन्धि प्रश्तावमाथिको छलफलमा भाग लिँदै अध्यक्ष लिङदेनले सत्ताकेन्द्रित नयाँ सत्तासमीकरण भएकाले यसले आफूलाई देश र जनताको पक्षमा नभई आफ्नो सुरक्षा कवजको रूपमा प्रयोग गर्ने जिकिरसमेत गरे।

उनले सत्तारूढ गठबन्धनले प्रस्तुत गरेको ७ बूँदे सम्झौता देश र जनताको हितमा नरहेको पनि बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस