नवनियुक्त तीनजना प्रदेश प्रमुखद्वारा शपथ ग्रहण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र १, बिहिबार (१ साल अघि)
  • ३० पटक पढिएको
नवनियुक्त तीनजना प्रदेश प्रमुखद्वारा शपथ ग्रहण

चैत्र १, काठमाडौँ । तीनजना नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मधेस प्रदेशमा सुमित्रा सुवेदी भण्डारी, गण्डकी प्रदेशमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशमा नजिर मिँयालाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश प्रमुखको शपथ गराएका हुन् ।

सोमबार मन्त्रिपरिषदको बैठकले मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङ र सुदूरपश्चिम प्रदेश देवराज जोशीलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिसपछि तीनजनालाई पदमुक्त गर्दै नयाँ प्रदेश प्रमुख नियुक्त गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस