माओवादी स्थायी समिति बैठक भोलि बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र १, बिहिबार (१ साल अघि)
  • ३३ पटक पढिएको
माओवादी स्थायी समिति बैठक भोलि बस्ने

चैत्र १,काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पुनः सरको छ ।

गत फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका कारण आजका लागि तय गरिएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण बैठक भोलिका लागि सारिएको हो ।

अब बैठक भोलि पेरिसडाँडा, कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ । बैठकमा विधान अधिवेशनबाट अनुमोदन विधान, पदाधिकारी र केन्द्रीय नेताहरूको कार्य विभाजन, अब हुने पार्टीको अभियानको तयारी, विकसित राजनीति घटनाक्रम लगायत एजेन्डामा छलफल गरिने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस