सङ‍्घीय निजामती सेवा विधेयक संसद‍्मा पेस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र १, बिहिबार (१ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

चैत्र १,काठमाडौँ । वहुप्रतिक्षित सङ‍्घीय निजामती सेवा विधेयक, २०८० संसदमा पेस भएको छ । विधेयकलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले बिहीबार प्रतिनिधिसभामा पेस गरेका हुन् ।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फागुन २१ गते संसद् सचिवालयमा दर्ता भएको थियो । नेकपाका सांसद प्रेम सुवालले विधेयकमाथि विरोधको सूचना पेस गरेका हुन् ।

कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी कानुनलाई संघीयता अनुरूप सञ्चालन गर्न आवश्यक रहेको भन्दै सामान्य प्रशासन मन्त्रालयले विधेयक तयार पारेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस