चैत्र १,काठमाडौँ । प्रतिनिधि सभाका सदस्य तथा नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का नेता प्रेम सुवालले बजेटको सिद्धान्त तथा प्राथमिकता खारेज गर्न सरकारसँग माग गरेका छन् । फरक सत्ता समीकरण नेपाली काँग्रेसका अर्थमन्त्री डा.प्रकाशशरण महतले ल्याएको आगामी आर्थिक वर्ष, २०८१÷८२ को बजेटको सिद्धान्त तथा प्राथमिकता फेर्न सभामुखमार्फत सांसद सुवालले सरकारसँग माग गरेका हुन् ।
‘नेपाली काँग्रेसको कार्यक्रममा र नेकपा एमालेको कार्यक्रम एउटै हुन सक्छ र ?’ प्रश्न राख्दै सांसद सुवालले अर्थमन्त्रीको नेतृत्व फेरिएसँगै काँग्रेसले ल्याएको बजेटको सिद्धान्त तथा प्राथमिकता फेरिनुपर्ने बताए ।