प्रतिनिधिसभा बैठक बस्दै, राजनीतिक दल सबन्धी विधेयक प्रस्तुत गरिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र २, शुक्रबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

चैत्र २, काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने उक्त बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रतिनिधि सभामा उत्पत्ति भएको ‘सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सबन्धी केही ऐनलाई संसोधन गर्ने विधेयक २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ ।

उपप्रधान एवं गृह मन्त्री रबि लामिछानेले ‘राजनैतिक दल सबन्धी दोस्रो संसोधन विधेयक २०८० माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

साथै, आ।ब। २०८१(८२ को लागि बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्तावबाहेक माथी छलफल जारी रहने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस