सुन जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र २, शुक्रबार (१ साल अघि)
  • १८ पटक पढिएको
सुन जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

चैत्र २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन् ।

उपप्रधानमन्त्री लामिछानेमार्फत आज आयोगको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदनले औंल्याएका सिफारिस कार्यान्वयनको सुनिश्चितता गर्न निर्देशन दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस