‘सुन तस्करी प्रकरणमा हिजो हामीले उठाएको विषय सही प्रमाणित भयो’ : एमाले

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र २, शुक्रबार (१ साल अघि)
  • १९ पटक पढिएको
‘सुन तस्करी प्रकरणमा हिजो हामीले उठाएको विषय सही प्रमाणित भयो’ : एमाले

चैत्र २, काठमाडौँ । नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनका लागि तत्कालीन समयमा संसदमा दिइएको दबाब र अवरोध सही साबित भएको बताएको छ ।

पूर्व न्यायाधीश डिल्लीराम आचार्य नेतृत्वको छानबिन आयोगले सीआईबीको अनुसन्धानमा गम्भीर लापरवाही देखाउँदै विभागीय कारबाहीको सिफारिस गरेको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले छानबिन आयोगमार्फत तस्करीको अनुसन्धान गर्न त्यसबेला आफूहरूले उठाएको विषय अहिले आएर सही प्रमाणित भएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस