कांग्रेसद्वारा गृहमन्त्री लामिछानेको राजीनामा र प्रधानमन्त्रीको जवाफ माग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र २, शुक्रबार (१ साल अघि)
  • २१ पटक पढिएको
कांग्रेसद्वारा गृहमन्त्री लामिछानेको राजीनामा र प्रधानमन्त्रीको जवाफ माग

चैत्र २, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग जवाफ मागेको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद प्रदीप पौडेलले सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई गृहमन्त्री बनाएर कस्तो अनुसन्धान हुने भन्दै प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने माग गरे । प्रधानमन्त्री प्रचण्डको सुशासनको नीतिप्रति आशंका गर्दै उनले जुन निकायले छानबिन गर्नुपर्ने त्यही निकायको नेतृत्व आरोपीलाई दिनु अनुचित हुने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस