आज नेसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ४, आईतबार (१ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

चैत्र ४,काठमाडौँ । पार्टीमा आन्तरिक विवाद चर्किएकै बेला नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ । बैठक मध्याह्न १२ बजे केन्द्रीय कार्यालय तीनकुनेमा बस्नेछ ।

अध्यक्ष डा। बाबुराम भट्टराईले पार्टीमा परामर्श नगरी बैठक बोलाएको भन्दै अर्का अध्यक्ष महिन्द्र राय यादव समूहले यो बैठक बहिस्कार गर्ने भएको छ । सो समूहले शनिबार नै माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरिसकेको छ ।

यो समूहले सिंगो नेपाल समाजवादी पार्टी नै माओवादी केन्द्रसँग एकता गर्न लागेको बताए पनि पूर्व प्रधानमन्त्रीसमेत रहेका डा। भट्टराई एकताको विपक्षमा देखिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस