माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ५, सोमबार (१ साल अघि)
  • ३१ पटक पढिएको
माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

चैत्र ५, काठमाण्डौँ । सुन प्रकरणमा जोडिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

महरालाई बिहान कपिलवस्तुबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता भिम प्रसाद ढकालले उज्यालोलाई जानकारी दिए ।
सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले सुन तस्करी प्रकरणमा महरा दोषी रहेको भन्दै मुद्दा चलाउन सिफारिस गरेको थियो ।

आयोगको सिफारिस अनुसार महरालाई कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो । महराका छोरा राहुल विद्युतीय चुरोट भेप मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस