गिरिजाप्रसादको स्मृति दिवस, कांग्रेसले विभिन्न कार्यक्रम गरी मनाउँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ७, बुधबार (१ साल अघि)
  • १३ पटक पढिएको
गिरिजाप्रसादको स्मृति दिवस, कांग्रेसले विभिन्न कार्यक्रम गरी मनाउँदै

चैत्र ७, काठमाडौँ । कांग्रेसका सस्थापन नेता तथा पूर्व प्रधानमन्त्री तथा गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस आज मनाइदैँछ ।
कोइरालाको स्मृतिमा आज नेपाली कांग्रेस, भातृ तथा शुभेच्छुक संस्थाहरूले विभिन्न कार्यक्रम गरी मनाउदैँछन् । स्मृति दिवसका अवसरमा अहिले बिहान पार्टी कार्यालय सानेपामा माल्यार्पणको कार्यक्रम राखिएको छ ।

नेपाली काँग्रेस पार्टीका प्रवक्ता डा।प्रकाश शरण महतको प्रमुख आतिथ्यमा हाम्रो नेविसंघ संगठित र प्रशिक्षित नेविसंघले साझ शान्तिबाटिकामा दिपप्रज्वलन कार्यक्रम राखेको छ ।

दशकौं राजनीतिमा बिताएका कोइरालाले एक दशक लामो माओवादीको सशस्त्र विद्रोहलाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कोइरालाको २०६६ साल चैत ७ गते ८५ वर्षको उमेरमा निधन भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस