सूर्यदर्शन सहकारी पीडितको निवेदन रोक्न गृहमन्त्री सक्रिय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ८, बिहिबार (१ साल अघि)
  • २५ पटक पढिएको
सूर्यदर्शन सहकारी पीडितको निवेदन रोक्न गृहमन्त्री सक्रिय

चैत्र ८, काठमाडौँ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड सम्बध्द बचतकर्ताहरुको संघर्ष समिति संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा सहयोग माग्न पुगेको छ । संघर्ष समितिले बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई लिखित निवेदन दिएको छ ।

सभापति खतिवडाले पीडित बचतकर्ताको निवदेनप्रति समितिको ध्यानाकर्षण भएको भन्दै यसबारे छलफल हुने आश्वासन दिएको संघर्ष समितिका संयोजकले बताए ।

गृहमन्त्री रवि लामिछानेसहित केही व्यक्ति र संस्थाले सूर्यदर्शन सहकारीबाट करिब १९ हजार मानिसको १ अर्ब ३५ करोडभन्दा बढी पैसा अपचलनमा गरेको भन्दै उहाँहरूमाथि उजुरी परेको हो ।

रकम फिर्ता नपाएपछि कानुनी प्रक्रियामा गएको आठ महिना बितिसक्दा पनि सहकारीका सञ्चालक गीतेन्द्रबाबु राई जीबी राई पक्राउ पर्न नसकेका भन्दै पीडितहरूले राईलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस