जसपाले पहिल्याएका पाँच मुख्य कार्यभार

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० चैत्र १३, मंगलबार (१ साल अघि)
  • १९ पटक पढिएको
 जसपाले पहिल्याएका पाँच मुख्य कार्यभार

चैत्र १३, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको अहिलेका पाँचवटा मुख्य कार्यभार पहिल्याएको छ । पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने पार्टीको नीति तथा कार्यक्रम मस्यौदा समितिको बैठकबाट पार्टीका मुख्य कार्यभार तय गरिएको हो । जसमा जसपाले वैचारिक राजनीतिक काम, सङ्गठनात्मक काम, प्रचारात्मक कामलाई अहिलेको मुख्य कार्यभारको रुपमा समेट्ने भएको छ ।

त्यस्तै पार्टी एकीकरण, संयुक्त मोर्चा र कार्यगत एकतलाई पनि मुख्य कार्यभारको रुपमा मस्यौदा समितिको बैठकबाट पारित गरिएको छ ।

यसैगरी सरकार, संसद र जनसङ्घर्षलाई पनि मुख्यकार्यभारमध्येको अर्को कार्यभार हुने गरी दस्ताबेजको मस्यौदा तयार गर्न लागिएको छ ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठ नेतृत्वको समितिले उक्त मस्यौदा तयार गर्ने जिम्मेवारी पाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस