राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र २१, बुधबार (१ साल अघि)
  • २६ पटक पढिएको
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते

चैत्र २१, काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते हुने भएको छ । राष्ट्रिय सभाको आज बसेको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचनको मिति घोषणा गरेका हुन् ।

१५ चैतमा राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएपछि उक्त पद रिक्त छ । सत्ता गठबन्धन परिवर्तन भएपछि राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिएको छ । सो सहमति अनुसार नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष भइसकेका छन् । अब अर्को कुनै दलको सदस्य राष्ट्रिय सभाको उपाध्यक्ष हुनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस