नेपाली कांग्रेस

ओलीविरुद्धको आरोपमा कांग्रेसले माफी नमागे प्रतिवादमा उत्रिने एमालेको चेतावनी

  • अनलाइन केन्द्र
  • / नेपाली कांग्रेस /
  • २०८१ जेष्ठ १४, सोमबार (३ हप्ता अघि)
  • ११३ पटक पढिएको
ओलीविरुद्धको आरोपमा कांग्रेसले माफी नमागे प्रतिवादमा उत्रिने एमालेको चेतावनी

जेठ १४, काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आफ्नो अध्यक्षविरुद्ध निरन्तर प्रतिशोध साँधेको भन्दै सत्तारूढ दल नेकपा एमालेले आक्रोश व्यक्त गरेको छ । बालुवाटारमा भएको शीर्ष नेताको बैठकबाट बाहिरिने क्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले कांग्रेसले पछिल्ला दिनमा एमाले र अध्यक्ष केपी शर्मा ओलीलाई निशाना बनाएर आरोप लगाइरहेको भन्दै आपत्ति जनाए ।

कांग्रेस सहमतिमा पुग्नुभन्दा पनि परिस्थिति बिथोल्न लागि परेको उनले आरोप समेत लगाए । उनले आफ्ना अध्यक्ष ओलीमाथि लगाएको आरोपमा लिखित र सार्वजनिक रूपमा माफी माग्न कांग्रेसलाई अनुरोध गरे । कांग्रेसले यसो नगरे सबै राजनीतिक सम्बन्ध तोडिन सक्ने चेतावनी उनको थियो ।

#नेपाली कांग्रेस

ताजा अपडेट

खोजी गर्नुहोस