भ्रष्टाचार मुद्दा

मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने अख्तियारको निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ ९, आईतबार (११ महिना अघि)
  • ९६ पटक पढिएको
मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने अख्तियारको निर्णय

असार ९, काठमाडौँ । विभिन्न आधा दर्जन अनियमितताको घटनामा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाउने निर्णय गरेको छ । अर्याल भ्रष्टाचारका विभिन्न प्रकरणमा तानिएका छन् । उनीविरुद्ध आधा दर्जन मुद्दामा अख्तियारले अनुसन्धान गरिरहेको छ ।

अर्यालविरुद्ध अन्तःशुल्क स्टिकर छपाइ प्रकरणसम्बन्धी अनियमिततामा मुद्दा चलाउने निर्णय भएको स्रोतले जानकारी दिएको छ । अर्यालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी छ । अर्यालविरुद्ध टेरामक्स प्रविधि खरिद प्रकरण र सेक्युरिटी प्रिन्टिङका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसंग सञ्चार सचिव हुँदा समेत आर्थिक लेनदेन गरेको आरोपमा अनुसन्धान जारी छ ।

#भ्रष्टाचार मुद्दा

ताजा अपडेट

खोजी गर्नुहोस