बंगलादेशको संसद विघटन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २२, मंगलबार (९ महिना अघि)
  • ९७ पटक पढिएको
बंगलादेशको संसद विघटन

साउन २२,काठमाडौँ । बंगलादेशका राष्ट्रपति महोमम्द शाहबुद्दिनले संसद् विघटन गरेका छन् । गत जनवरी ७ मा निर्वाचनबाट बनेको संसद् विघटन गर्दै राष्ट्रपति शाहबुद्दिनले भनेका छन्, ‘बंगलादेश आर्मी, विभिन्न राजनीतिक दलका शीर्ष नेता, नागरिक समाज र विद्यार्थी आन्दोलनका अगुवाहरूको सहमतिमा १२ औं संसद् विघटन गरिएको छ ।’

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा विपक्षी दलकी नेता खलिदा जिया जेलमुक्त भएको पनि उल्लेख गरिएको छ ।

सरकारी जागिरमा आरक्षण र कोटाको विरोधमा जुलाई पहिलो सातादेखि विद्यार्थी आन्दोलन सुरु भएको थियो । आन्दोलनकै बीच अदालतको आरक्षणको कोटा भारी कटौती गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस