बागमती प्रदेशसभा

बागमती प्रदेशसभाको बैठक असोज ६ मा बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १, मंगलबार (८ महिना अघि)
  • ५१ पटक पढिएको
बागमती प्रदेशसभाको बैठक असोज ६ मा बस्ने

असोज १, काठमाण्डौँ । बागमती प्रदेशसभाको बैठक यही असोज ६ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको तीनवटा विधेयकलाई पारित गर्न असोज ६ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएकोे सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

गत भदौ १३ गते बसेको प्रदेशसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा कृषि समितिले ‘प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘प्रदेश कृषि विकास सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक’ पारित गर्दै प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको थियो ।

यस्तै, उद्योग, पर्यटन तथा वातावरण समितिको बैठकले ‘प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ पारित गरी प्रदेशसभामा पठाउने निर्णय गरेको थियो । यी तीनवटै विधेयक पारित गर्ने प्रदेशसभा सचिवालयको तयारी छ ।

#बागमती प्रदेशसभा

ताजा अपडेट

खोजी गर्नुहोस