झलनाथ खनालद्वारा मेटमणीलाई कारबाही गर्न माग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १, मंगलबार (८ महिना अघि)
  • ६५ पटक पढिएको
झलनाथ खनालद्वारा मेटमणीलाई कारबाही गर्न माग

असोज १, काठमाण्डौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीका उपमहासचिव मेटमणि चौधरीलाई कारबाही गर्न माग गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै खनालले चौधरीलाई कारबाही गर्न माग गरेका हुन् ।

चौधरीले सञ्चारमाध्याममा राष्ट्रियताविरोधी अभिव्यक्ति दिएको भन्दै उनलाई तत्काल कारबाही गर्न खनालले माग गरेका छन् । चौधरीले कालापानी, लिम्पियाधुरा लिपुलेक भारतकै भएको र सरकारले चुचे नक्सा निकालेर भ्रम छर्ने काम गरेको एक अन्तरवार्ताका क्रममा भनेका थिए । खनालले उनको यो अभिव्यक्ति देशद्रोही अभिव्यक्ति भएको समेत बताएका छन् ।

यस्तो छ खनालको विज्ञप्ति- 

ताजा अपडेट

खोजी गर्नुहोस