उपसभामुख रानामगर रुस प्रस्थान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १, मंगलबार (८ महिना अघि)
  • ६२ पटक पढिएको
उपसभामुख रानामगर रुस प्रस्थान

असोज १, काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख इन्दिरा रानामगर औपचारिक भ्रमणका लागि आज रुस प्रस्थान गरेकी छन् । रुसको सेन्टपिटर्सवर्गमा यही असोज २ देखि सुरु हुने कार्यक्रममा भाग लिन उनी फ्लाई दुबईको बिहान ९ बजेको उडानमार्फत त्यसतर्फ गएकी हुन् ।

उपसभामुख राना रुस र स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डलको अन्तरसंसदीय विधानसभाको आयोजनामा असोज २ देखि ४ गते ९सेप्टेम्बर १८–२०० सम्म गरिने चौथो युरेसियन महिला फोरममा सहभागी हुने कार्यक्रम छ । उनले उक्त फोरममा सम्बोधन गर्नेछिन् । रुस भ्रमण सकाएर उपसभामुख राना असोज ५ गतेमा स्वदेश फर्कने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जानकारी गराएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस