राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १, मंगलबार (८ महिना अघि)
  • ७३ पटक पढिएको
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

|इन्द्रजात्रा अवलोकन–राष्ट्रपति पौडेललगायत काठमाडौँ, १ असोजः हनुमानढोका परिसरमा इन्द्रजात्राको मङ्गलबार अवलोकन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरेलगायत तस्बिरः प्रदीपराज वन्त÷रासस

असोज १, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबारमा आज आयोजित जात्रा अवलोकन गरेका छन् । उनी नयाँ सडककस्थित जुद्ध सालिकबाट गद्दी बैठकसम्म हिँडेर गएका थिए ।

गत वर्षदेखि राष्ट्रपति पौडेल जुद्ध सालिकबाट गद्दी बैठकसम्म पैदल जान थालेका हुन् । गद्दी बैठक पुगेर राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाएपछि गणेश, भैरव र कुमारीको रथयात्रा प्रारम्भ भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस