‘जनतालाई अधिकार सम्पन्न बनाउन गणेशमानको योगदान अतुलनीय’ : उपप्रधानमन्त्री सिंह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन २, बुधबार (८ महिना अघि)
  • ५१ पटक पढिएको
‘जनतालाई अधिकार सम्पन्न बनाउन गणेशमानको योगदान अतुलनीय’ : उपप्रधानमन्त्री सिंह

असोज २, काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक एवं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २७ औँ स्मृति दिवस मनाइएको छ । दिवसको अवसरमा आज बिहान शोभाभगवतीमा रहेको गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ ।

गणेशमानका पुत्र तथा उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे । उनले नागरिकलाई अधिकार सम्पन्न बनाउन सिंहले १५ वर्ष भन्दा लामो जेल जीवन बिताएको र कसैसँग सम्झौता नगरेको स्मरण गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस