असोज २, काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार भएको छ । कार्यदलले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई मस्यौदा बुझाउने तयारी गरिरहेको सदस्य प्रदीप ज्ञवालीले जानकारी दिए । मस्यौदा बुझाउने समय भने केहीबेरमा तय हुने ज्ञवालीले बताए ।
गठबन्धनको शीर्ष नेताको बैठकबाट न्यूनतम साझा कार्यक्रमको मस्यौदा बनाउने जिम्मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता डा। प्रकाशशरण महत, त्यस्तै एमाले उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाललाई दिइएको थियो ।
#न्यूनतम साझा कार्यक्रम