‘राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने संकल्प गरौँ’ : राष्ट्रपति पौडेल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ३, बिहिबार (८ महिना अघि)
  • ५८ पटक पढिएको
‘राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने संकल्प गरौँ’ : राष्ट्रपति पौडेल

असोज ३, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने संकल्प गर्न अपिल गरेका छन् ।

संविधान दिवस, २०८१ को अवसरमा राष्ट्रपति भवन शीलत निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उक्त अपिल गरेका हुन् । उनले भने, ‘हामी संकल्प गरौँ की हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् । नागरिकको हितबाहेक हाम्रो राज्यको अरु कुनै स्वार्थ हुनेछैन।’

राष्ट्रपति पौडेलले लक्ष्य त्यसै प्राप्त नहुने र लक्ष्य प्राप्त गर्न संकल्प चाहिने उल्लेख गर्दै भने, ‘लक्ष्य प्राप्त गर्न साधना चाहिन्छ, लक्ष्य प्राप्त गर्न अविचलित भइ अगाडि बढ्ने अटल आस्था र उच्च नैतिक शक्ति चाहिन्छ । हामीले प्राप्त गर्न चाहेको राष्ट्रिय लक्ष्य हासिल गर्न आज महत्वपूर्ण सङ्कल्प गरौँ, पहिलो संकल्प गरौँ, हामी लोकतन्त्रप्रति प्रतिबद्ध रहने छौँ। जस्तोसुकै अप्ठ्यारोमा पनि हामी लोकतन्त्रको गरिमालाई बचाउनेछौ र नागरिकलाई केन्द्रमा राखेर अगाडि बढ्नेछौँ। अर्को संकल्प गरौँ कि हामी सुशासन प्रति प्रतिबद्ध रहने छौँ तथा राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको सीमाभित्र आबद्ध गर्नेछौँ ।’

ताजा अपडेट

खोजी गर्नुहोस