असोज ३, काठमाण्डौँ । संबिधान दिबसको अवसरमा जनता समाजवादी पार्टी नेपाल गण्डकी प्रदेश समिति द्धारा आज पोखरामा एक कार्यक्रमको आयोजना गरी नेपालको संबिधान २०७२ सम्बोधन गर्नुपर्ने भन्दै बिरोध गरेको छ ।
बर्तमान समयमा देशको बिग्रदो राजनितिक अवस्था र जनतामा बढ्दै गएको निराशालाई नेपालको संबिधान २०७२ ले सम्बोधन गर्न नसकेको भन्दै उक्त कार्यक्रममा सहभागिले बिरोध जनाएका थिए ।
उक्त कार्यक्रममा जसपा नेपालका केन्द्रिय सदस्य तथा दलित मुक्ति संगठनका केन्द्रिय उपाध्यक्ष रमेश कुमार सि.के ले यो राज्य व्यवस्था एकल जातिय र बर्गीय रहेकोले दलित ,जनजाती,मधेशी,मुस्लिम,महिला,अल्पसंख्यकहरुलाई यो संबिधानले सम्बोधन गर्न नसकेकोले संशोधन गर्नुपर्ने बताए ।