असोज ४, काठमाण्डौँ । संघीय संसद् अन्तर्गत चार समितिको बैठक शुक्रबार बस्दैछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकोे बैठकमा आज विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ । बैठक समितिको कार्यकक्ष सिंहदरबारमा बिहान ११ बजे बस्नेछ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जको अवलोकनसम्बन्धी विषयमा छलफल हुनेछ। यो बैठक पनि बिहान ११ बजे नै बस्नेछ । विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा कार्यपरामर्श उपसमिति पुनर्गठन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।