प्रस्तावित प्रधानन्यायाधीश र दुई राजदूतविरुद्ध उजुरी आह्वान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ४, शुक्रबार (८ महिना अघि)
  • ४९ पटक पढिएको
प्रस्तावित प्रधानन्यायाधीश र दुई राजदूतविरुद्ध उजुरी आह्वान

असोज ४, काठमाडौँ । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले नियुक्तिका लागि सिफारिस भएका प्रधानन्यायाधीश र दुई राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले प्रधानन्याधीशमा सिफारिस भएका प्रकाशमानसिंह राउत र आवासीय राजदूतमा सिफारिस सेवा लम्साल तथा चित्रलेखा यादवविरुद्ध उजुरी आह्वान गरेको हो ।

समितिले एक सूचना जारी गर्दै प्रधानन्याधीशमा राउत र राजदूतमा लम्लास तथा यादवको नियुक्ति उपयुक्त नभएको खण्डमा आजका मितिले १० दिनभित्र संघीय संसद समितिको सचिवालय सिंहदरबारमा आइपुग्ने गरी उजुरी दिन आग्रह गरेको छ ।

उजुरी संघीय संसद्को सचिवालय सिंहदरबार या कुनै जिल्ला प्रशासन कार्यलयमा दिनुपर्नेछ । उजुरीकर्ताले चाहेमा निजको नाम गोप्य राखिने सचिवालयको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस