बालाजु चोकमा दुर्घटना, ठूलो क्षतिको अनुमान

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ पौष १३, शुक्रबार (६ साल अघि)
  • ३५ पटक पढिएको
Post Thumbnail

पौष १३, काठमाडौं । काठमाडौँको बालाजु चोकमा माटो बोकेको ट्रिपर दुर्घटना भएको छ । शुक्रबार बिहान माटो बोकेको ट्रिपर ट्याक्सीसँग ठोक्किँदा दुर्घटना भएको हो ।

ट्रिपर र ट्याक्सी ठोक्किँएपछि सडककिनारमा रहेको चिया बेच्ने ठेला पुरिएको छ ।

दुर्घटनास्थलबाट गम्भीर घाइते रहेका दुईजनालाई उपचारका लागि अस्पताल पठाइएको छ । माटोले पुरिएर थप मानवीय क्षती भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
घटनास्थलमा अहिले प्रहरी र स्थानीय बासिन्दाको टोली उद्धारका लागि खटिएको छ । थप विवरण आउन बाँकी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस