बाँकेमा चट्याङ परेर आगलागी हुँदा ३९ घर नष्ट

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ ३०, बिहिबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

जेठ ३०, काठमाडौँ । बाँकेको डुडुवा गाउँपालिकामा बुधबार आएको हावाहुरीसँगै परेको चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट भएका छन्।

डुडुवा गाउँपालिका–१ छोटी चौफेरीमा हावाहुरीसँगै परेको चट्याङका कारण एक जना स्थानीयवासी जलेर घाइते भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।

चट्याङपछि स्थानीय रामखेलावन यादवको घरबाट आगो सुरु भएको थियो।

आगलागीका कारण लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको छ।

घटनामा घाइते भएकी १५ वर्षीया नन्की यादवलाई उपचारका लागि सीमावर्ती भारतीय बजार लगिएको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए।

ताजा अपडेट

खोजी गर्नुहोस