साउनको पहिलो सोमबार, पशुपतिनाथसहितका शिवालयमा भक्तजनको घुइँचो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण ६, सोमबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

साउन ६, काठमाडौँ । साउनको पहिलो सोमबार (आज, साउन ६ गते) पशुपतिनाथ मन्दिरमा बिहानदेखि भक्तजनको घुइँचो लागेको छ । बिहानै भक्तजन पूजा एवं दर्शनका लागि लाममा बसेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

सूर्य दक्षिणायन भएको पहिलो साउने सोमबार भगवान शिवको प्रिय भएकाले यस दिन शिवालयमा पूजा, दर्शन एवं जल चढाउने परम्परा छ ।

पशुपतिनाथसँगै देशभरका शिवालयमा पनि भक्तजनको भीड लागेको छ । साउन महिनामा पवित्र नदी, ताल आदिबाट जल लगेर शिवालयमा चढाउन बोलबम यात्रा पनि हुने गर्छ ।

साउनको सोमबार व्रत बसी भगवान शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।

ताजा अपडेट

खोजी गर्नुहोस