कोरोना रोकथाम, नियन्त्रणका लागि सरकारले बनायो ६ कार्यदल

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ चैत्र ९, आईतबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत्र ९, काठमाडौं । कोरोनासँग प्रभावकारीरूपमा जुध्न सरकारले ६ वटा कार्यदल गठन गरेको छ । शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको दसौं बैठकले गृहमन्त्री र स्वास्थ्यमन्त्री रहेको बिरामी व्यवस्थापन, पीआटी प्यासेन्ट रेस्पोन्स टिम कार्यदल गठन गरेको छ । त्यसले बिरामीलाई उच्च सतर्कता, सुरक्षा सावधानीसहित उपचारको प्रबन्ध मिलाउने छ । आइसोलेसन कक्षमा, क्वारेन्टाइनमा सुरक्षा सतर्कताका साथ राखिने, उपचारको प्रबन्ध मिलाइने सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

देशभर निजी, सामुदायिक संघ, संस्था, विद्यालय, कलेज र व्यक्तिले समेत उपलब्ध गराएउने भनेको क्वारेन्टाइन स्थल एकद्वारमार्फत लिने निर्णय गरेको छ । संघ ९केन्द्र० सरकारले नै त्यसको समन्वय गर्ने निर्णय गरेको छ । त्यसको समन्वय–सहजीकरण संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गर्नेछन् । कोरोनाविरुद्ध प्रभावकारी रूपमा लड्न देशभरका सामुदायिक, निजी सञ्चारमाध्यम प्रयोग गरिने, प्रचार–प्रसार व्यवस्थित गर्ने सरकारको तयारी छ । त्यसका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्रीले समन्वय गर्ने खतिवडाले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस