जेठ ३२, काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनीले असार २१ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन र नाफा नोक्सान सम्बन्धी विषयमा छलफल गर्ने प्रस्ताव छ । यस्तै, आर्थिक वर्ष २०७६–७७ को लागि लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ । कम्पनीले विगतमा जस्तै यसपालि पनि लगानीकर्तालाई लाभांश नदिने भएको छ ।
सभामा लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समेटिएको छैन । साधारण सभा पानस पार्टी प्यालेस, धापासी काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले असार ११ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्नेछ । असार १० गतेसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।